बाँकेमा ५२ जना कोरोना मुक्त भई घर फिर्ता

 

बाँकेमा बुधवार ५२ जना कोरोना जितेर घर फर्केका छन् । विभिन्न आइसोलेशनमा रहेका ३१ पुरुष र २१ जना महिला कोरोनामुक्त भई घर फर्केका हुन् ।

यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको भई घर फर्कनेको संख्या २ हजार २ सय २७ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनु भयो ।

अब आइसोलेशनमा बाँकेका ५ सय ४७ र अन्य जिल्लाका १६ गरी ५ सय ६३ जना छन् । बाँकेमा हालसम्म २ हजार ८ सय ३ जनामा कोरोना पुष्टि भएको छ भने २९ जनाको मृत्युु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *