कोरोना भाइरसका कारण बर्दियाका ७० बर्षिय एक वृद्ध पुरुषको मृत्यु

                                                    फाइल फोटो

कोरोना भाइरस संक्रमणबाट बुधबार बर्दियाका ७० बर्षिय एक वृद्ध पुरुषको मृत्यु भएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बर्दियाका अनुसार कोरोना संक्रमणका कारण बारबर्दिया नगरपालिका वडा नम्बर ७ का ७० बर्षिय एक पुरुषको बुधबार बिहान निधन भएको हो ।

मृतक व्यक्तिको शरीरमा कमजोरी तथा स्वासप्रस्वासको समस्या देखिएपछि उपचारका लागि असोज २५ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको थियो । कोरोनाको आशंकामा २५ गतेनै स्वाब संकलन  गरिएको परिक्षणमा उहाँलाई २६ गते कोरोना पुष्टि भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बर्दियाले जनाएको छ ।

कोरोना पुष्टि भएपछि गरिएको उपचारमा उहाँको स्वास्थ्य अवस्था सामान्य भएको थियो । उपचार पश्चात् स्वास्थ्य अवस्था सामान्य भएपछि परिवारका सदस्यको आग्रहमा कात्तिक २ गते होम आइसोलेसनमा बस्ने गरी घर पठाइएको थियो । उहाँको स्वास्थ्यमा पुनस् समस्या देखिएपछि उपचारका लागि शिक्षण अस्पताल पुर्‍याउदै गर्दा बुधबार बिहान १२;३० बजे बाटोमै उहाँको मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

यो सङ्गै बर्दियामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *