बाँकेमा एकै दिन ७२ जनामा कोरोना संक्रमण पुष्टि

भेरी अस्पताल नेपालगन्जमा गरीएको कोरोना परिक्षणमा ठुलो सँख्यामा संक्रमितहरु भेटिएका छन । भेरी अस्पतालले मंगलबार बेलुका ५ बजे जारी गरेको विवरण अनुसार एकै दिन ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये सबैभन्दा धेरै बाँकेका रहेका छन ।

पछिल्लो २४ घण्टामा ३१७ जनाको स्वाव परिक्षण गर्दा बाँकेका ४८ र बिभिन्न जिल्लाका २४ जनामा संक्रमण देखिएको हो।

भेरी अस्पतालमा हालसम्म ४५ हजार ४ सय १८ जनाको कोरोना परिक्षण गरिएकोमा मंगलबार ७२ जना थपिएसँगै ३ हजार ३२८ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको अस्पताल प्रशासनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *