बाँकेमा ६६ जना संक्रमित कोरोना मुक्त भइ डिस्चार्ज हुँदै

मंगलबार बाँकेबाट १ बर्षिया बालिकासहित थप ६६ जना संक्रमित कोरोना मुक्त भइ डिस्चार्ज हुँदैछन । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार मंगलबार कोहलपुर ११ का १ बर्षिया बालिका सहित बाँकेका २५ महिला र ४१ पुरुष गरी ६६ जना संक्रमित कोरोना मुक्त भई डिस्चार्ज हुँदैछन । उनिहरुलाई असोज २० गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा राखिएको थियो ।

यो सङ्गै बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ हजार १७५ पुगेको छ ।विभिन्न आइसोलेसन केन्द्रमा अन्य जिल्लाका १७ सहित ५४२ जना सक्रिय संक्रमित उपचाररत छन् । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या २ हजार ७२९ रहेको छ भने २९ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *