बागेश्वरी क्याम्पसमा अनेरास्ववियुकाे सहायता कक्ष


बाँकेको कोहलपुरमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस बागेश्वरी बहुमुखी क्याम्पस हाता भित्र अनेरास्ववियुले विद्यार्थी सहायता कक्ष (हेल्प डेस्क) संचालन गरेको छ । मंसीर १४ गतेबाट संचालन हुने स्नातक र स्नातकोत्तर तहको परिक्षालाई लक्षित गर्दै क्याम्पस हाताभित्र सहायता कक्ष स्थापना गरिएको छ ।
कोभिड १९ का कारण परिक्षा फारम भर्न अलमलमा परेका विद्यार्थीहरुको सजिलोका लागि हेल्प डेस्क संचालन गरिएको अनेरास्ववियू वागेश्वरी बहुमुखी क्याम्पस कमिटिका संयोजक अमृत खत्रीले जानकारी दिनु भयो । स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्दै आएका विद्यार्थीहरुलाई हेल्प डेस्क मार्फत अनलाईन तथा लिखित फारमका बारेमा जानकारी प्रदान गर्दै आएको खत्रीले जानकारी दिनु भयो ।
क्याम्पसमा अनलाईन विधिद्धारा पहिलो पटक परिक्षा संचालन हुन गईरहेकाले धेरै विद्यार्थीमा अनलाईन प्रणालीबारे अन्यौलता रहेकाले हेल्प डेस्कको आवश्यकता महसुस भएको बताउँदै खत्रीले सबै तहका परिक्षार्थीलाई लक्षित गरेर हेल्प डेस्क संचालन गरिएको जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *