बाँकेमा कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या दुई हजार नाघेको छ । शनिबार बाँकेका थप ४२ जना संक्रमित कोरोना मुक्त भएसङ्गै निको हुनेको संख्या दुई हजार नाघेको हो ।
बाँकेका विभिन्न आइसोलेसनबाट आज ४२ जना संक्रमित निको भइ डिस्चार्ज हुँदैछन ।
जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार शनिबार बाँकेका १५ महिला र २७ पुरुष गरी ४२ जना संक्रमित कोरोना मुक्त भई डिस्चार्ज हुँदैछन । उनिहरुलाई असोज १७ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा राखिएको थियो ।
यो सङ्गै बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ हजार २२ पुगेको छ ।
विभिन्न आइसोलेसन केन्द्रमा अन्य जिल्लाका २५ सहित ६०९ जना सक्रिय संक्रमित उपचाररत छन् । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या २ हजार ६३५ रहेको छ भने २९ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।