सशस्त्र प्रहरी बागेश्वरी गणले मास्क वितरण


सशस्त्र प्रहरी बल नेपाल नं ३० गण बागेश्वरी बाँकेले डुडुवा गाउँपालिका वडा नं१ का स्थानीय बासीलाई मास्क वितरण गरेको छ । गाउँपालिकाको नरेन्द्र प्राथमिक बिद्यालयको प्राङगणमा सशस्त्र प्रहरी बल नेपाल नं ३० गण बागेश्वरी बाँकेको आयोजनामा करिब ४ सय जनालाई मास्क सहयोग गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

मास्क सहयोग कार्यक्रममा नयाँबस्ती, कालाबञ्जार र सन्तलिया गाउँका सर्वसाधारणलाइ हालसम्म २ हजार ६ सय जनालाई जम्मा ३ हजार थान मास्क बितरण गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

सशस्त्र प्रहरीले स्थानीयबासीलाई बिश्व महामारी कोभिड(१९ कोरोना भाईरस संक्रमणको बारेमा जनचेतना तथा मास्क बितरण कार्यक्रम संचालन गरेको छ । मास्क वितरण कार्यक्रममा जिल्ला समन्वय समितिका उप(प्रमुख ज्ञानेन्द्र चौधरी, यस गणका गणपति अशोक कुमार बम, डुडुवा गाउँपालिका वडा नं १ का वडा अध्यक्ष लगायत स्थानीय जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधिसहित स्थानीय बासिन्दाहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *