बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुने १ हजार ९६३ पुगे

बाँकेबाट ५ बर्षिया बालिकासहित बिहिबार थप ६४ जना संक्रमित कोरोना मुक्त भइ डिस्चार्ज हुँदैछन ।यो सँगै बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ हजार ९६३ पुगेको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बिहिबार बैजनाथ गाउँपालिका वडा नम्बर ४ का ५ बर्षिया बालिकासहित बाँकेका १२ महिला र ५२ पुरुष गरी ६४ जना संक्रमित कोरोना मुक्त भई डिस्चार्ज हुँदैछन । उनिहरुलाई असोज १५ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा राखिएको थियो ।

विभिन्न आइसोलेसन केन्द्रमा अन्य जिल्लाका २१ सहित ५८६ जना सक्रिय संक्रमित उपचाररत छन् । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या २ हजार ५५४ रहेको छ भने २७ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *