लुम्बिनी प्रदेश प्रहरीले पर्व विशेषको सुरक्षा योजना सार्वजनिक


लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले चाडपर्वको समयमा हुन सक्ने चोरी, डकैती, लुटपाट, कुटपिट, जुवातास लगायतका सम्भावित अपराधिक क्रियाकलाप तथा सवारी दुर्घटना न्यूनीकरण एवं निस्तेज पार्नकालागि विभिन्न प्रकारका विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ ।

प्रदेश प्रहरीले सुरक्षित यात्रा गर्ने क्रममा यात्रुलाई कुनै समस्या परेमा आवश्यक सहयोग तथा समन्वयका लागि ट्राफिक प्रहरी र जनपद प्रहरीको सहभागितामा प्रदेशका विभिन्न ३० स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरी सेवा सुरु गरेको जनाएको छ ।
त्यसैगरी, जुवातास लगायतका अबैध क्रियाकलाप नियन्त्रण गर्न प्रदेश अन्तर्गतका जिल्लाहरुमा २५ वटा विशेष प्रहरी टोली परिचालन, सम्भावित सवारी दुर्घटनालाई न्यूनीकरण गर्न ट्राफिक प्रहरीसहितको ४१ वटा टोली परिचालन, गुण्डागर्दी, चोरी, लुटपाट तथा झैझगडा लगायतका क्रियाकलाप नियन्त्रण गर्न २५ वटा टोली परिचालन गरिएको प्रदेश प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार ५९० वटा प्रहरी इकाईहरुबाट गाउँ बस्तीहरुमा दैनिक रुपमा गस्तीको व्यवस्था गरिएको, रातको समयमा हुनसक्ने लागूऔषध, हातहतियार, मानव बेचबिखन, ओसारपसार लगायतका अपराधिक क्रियाकलाप नियन्त्रण गर्न राजमार्ग तथा सहायक राजमार्गमा ६५ वटा चेक प्वाइन्ट राखि निगरानी एवं चेकजाँच गर्ने व्यवस्था मिलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *