नेपाल-भारत सिमाक्षेत्र जमुनाहा नाकामा ‘नागरिक सहायता कक्ष’ स्थापना

नेपाल प्रहरीले बाँकेस्थित नेपाल-भारत सिमाक्षेत्र जमुनाह नाकामा नजिकिंदै गरेका नेपालीहरुको ठुला चाडवाडलाई मध्येनजर गर्दै सर्वसाधारणको सुरक्षा एवं सहजताकालागि सोमबारदेखी ‘नागरिक सहायता कक्ष’को स्थापना गरी संचालनमा ल्याएको छ ।

दशैं, तिहार, छठ तथा मोहम्मद डे जस्ता ठुला चाडवाडहरुलाई मध्येनजर गर्दै भारतबाट नेपाल भित्रीने नेपालीहरुको सुरक्षा एवं हुन सक्ने सम्भावित चोरी, लुटपाट, कुटपिट तथा दुर्घटना आदिबाट जोगाउनकालागि सिमा नाकामा नागरिक सहायता कक्षको स्थापना गरिएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिनु भयाे ।

चाडवाड मनाउनका लागि भारतबाट नेपाल आउने दाजुभाइ तथा दिदीबहिनीहरुलाई सिमाक्षेत्रमा कुनै अप्ठ्यारो महशुस हुन नदिन तथा चाडबाडको समयमा हुन सक्ने सम्भावित लुटपाट चोरी जस्ता अपराधिक क्रियाकलाप हुन नदिन आवश्यक सुरक्षा व्यवस्थाका साथ नागरिक सहायता कक्षको स्थापना गरी संचालनमा ल्याइएको प्रहरी उपरीक्षक रानाले जानकारी दिनु भयाे ।

बाँकेको जमुनाह नाका हुँदै भारतबाट लुम्बिनी प्रदेश मात्र नभएर कर्णाली प्रदेश तथा सुदुरपस्चिम प्रदेशसमेतका हजारौं सर्वसाधारण नेपाल भित्रीने गर्दछन । चाडबाडका समयमा यसअघि सिमानाका आसपास क्षेत्र तथा नागरिक सवार गाडीभित्रै नशालु पदार्थ सेवन गराएर नेपालीहरुलाई लुटपाट तथा कुटपिटका घटनाहरु घट्ने गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *