भालुवाङ क्षेत्रकाे भुकम्पीय जोखीम मापन गरियाे

फोटो नयाँयुगबोधबाट

लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङ क्षेत्रमा भुकम्पीय जोखीमको अवस्था मापन गरिएको छ । प्रदेश सरकारले स्थायी राजधानी दाङको देउखुरीमा तोकेपछि राजधानीको ब्यवस्थापनको लागि विभिन्न अध्ययनसँगै भूकम्पीय जोखीमको पनि मापन गरिएको हो। त्रिभुवन विश्व विद्यालय भुगर्व शास्त्र केन्द्रिय विभागले दाङको राप्ती र गढवा गाउँपालिकासँगै अर्घाखाँचीको शितगंगा नगरपालिकाको विभिन्न क्षेत्रको भुकम्पीय जोखीम मापन गरेको छ ।

भुगर्भ शास्त्रि डाक्टर सुमन पन्थी, डाक्टर सुवेश घिमिरे र डाक्टर कमलाकान्त आचार्यको टोलिले ईलेक्ट्रीकल रेजिस्टीभीटी सर्भेको माध्यमबाट दुई दिन लगाएर यस क्षेत्रको भौगोलोक अवस्थाको अध्ययन तथा विभिन्न खाले कम्पन्नको सहनशिलताका वारेमा अध्ययन गरेको हो । लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङ क्षेत्र आसपासमा म्यान्टलको माथिल्लो सतहको अवस्था, म्यान्टलमा ताप र चापको फरकले गर्दा कन्भेक्सन करेन्टहरु पैदाहुने तरगंको कारण र अवस्थाका वारेमा अध्ययन गरिएको टोलिका भुगर्व शास्त्री डाक्टर सुवेश घिमिरेले जानकारी दिनुभयो।

शास्त्री डाक्टर सुवेश घिमिरेले विगतको अवस्थालाई अध्ययन गर्दा कुमाउदेखि पोखरा, लमजुङसम्मको क्षेत्रमा ठूलो भुकम्पीय धक्काको महसुस नगरिएको अवस्थामा यस क्षेत्र पनि भौतिक संरचना निर्माणमा प्रयोग गर्न सकिने विधि पक्ता लगाउन अनुसन्धान गरिएको जानकारी दिनुभयो । राप्ती तटिय जमिनको अवस्था र तराई, मधेष, पहाड, हिमालको भौगोलिक अवस्था तथा तल्लो भागमा रहेको जमिनको अवस्था फरक रहने हुँदा राप्ती गाउँपालिका क्षेत्र, शितगंगाको वडा नम्बर ८ र ९ साथै गढवाको वडा नम्बर १ रङसिङ क्षेत्रको भुकम्पीय जोखीम मापन पश्चात विश्व विद्यालयले सरोकार वालाहरुलाई जानकारी प्रवाह गर्ने तथा भौतिक संरचना निर्माणको क्रममा सल्लाह सुझाव प्रदान गर्ने भुगर्भ शास्त्रि डाक्टर सुमन पन्थीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *