शसस्त्र प्रहरीले भारतीय नम्बरको मोटरसाईकलबाट अबैध सामाग्र पक्राउ

बाँकेको नेपाल भारत सिमा नाकास्थित दशगजा क्षेत्र नजिकैबाट शसस्त्र प्रहरीले ठुलो मात्रामा अबैध सामग्री बरामद गरेको छ । आईबार दिउँसो शसस्त्र प्रहरी बल (बिओपी) जमुनाहा भन्सारबाट खटिएको प्रहरी टोलीले अबैध सामग्री सहित एउटा भारतीय नम्बर प्लेटको मोटरसाईकल समेत बरामद गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिका १६ जयस्पुरस्थित दशगजा क्षेत्रबाट UP 40 AM 4867 नम्बरको मोटरसाईकलमा लोड गरी ल्याउँदै गरेको अवस्थामा करीब १ लाख ५५ हजार ६०० मुल्य बराबरका कस्मेटीक सामान, कपडा, जुत्ता तथा सुर्तीजन्य सामग्री बरामद गरेको सशस्त्र प्रहरी निरिक्षक जीवनलाल बुढाले जानकारी दिनु भयाे ।

सशस्त्र प्रहरीको टोलीलाई देखेपछि सामान र मोटरसाईकल छाडेर तस्कर फरार भएको बुढाले बताए । बरामद गरिएका सामग्री आवयश्क कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *