बाँकेमा ३८ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

                                                                                                         फाइल फोटो

कोरोना संक्रमणका कारण बाँकेमा थप एक जनाको मृत्यु भएको छ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा कोहलपुर नगरपालिका ९ पिपरीका ३८ वर्षीय पुरुषको मृत्यु भएको हो । २३ गते राती ९ः३० बजे भेरी अस्पताल पुर्याइएका उनको राती ११ बजे उपचारको तयारीकै क्रममा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि उनले असोज १२ गते नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा कोरोना परीक्षणका लागि नमुना दिएका थिए । त्यसको दुई दिन पछि उनको रिपोर्ट कोरोना पोजेटिभ आएको थियो । उनलाई तत्काल मेडिकल कलेज कोहलपुरमा भर्ना गरियो । रेमडिसिभिर, प्लाज्मा थेरापीलगायतका विधिबाट उपचार गर्दा समेत उनको स्वास्थ्य अवस्थामा सुधार नआएपछि मेडिकल कलेजले शुक्रबार राती ९ बजे उनलाई भेरी अस्पताल नेपालगन्जमा रिफर गरेको थियो ।

स्वास्थ्य अवस्था गम्भीर ती पुरुषको उपचार व्यवस्थापन गर्दागर्दै मृत्यु भएको भेरी अस्पतालले जनाएको छ । राती १० बजे अस्पताल पुगेका उनको ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई फोक्सोमा निमोनिया भएको थियो । उनलाई कडा खाले कोभिड देखिएको चिकित्सकहरुले बताएका छन् ।

योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या २४ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारका लागि अस्पताल आएकाहरुको उपचारका क्रममा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *