लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केसीलाई कोरोना संक्रमण पुष्टि

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । दुई दिन अघि रुघा खोकी लागेपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको द्रुत स्वाब परीक्षणमा आज उहाँलाई कोरोना पोजिटिभ देखिएको स्वकीय सचिव पवन कुँवरले जानकारी दिनु भयो ।

उहाँका अनुसार अहिले सचिवालयका सबै कर्मचारीको कोरोना परीक्षणकाृ तयारी भएको छ । अहिले मन्त्री केसी मन्त्रालयकै निवासस्थित आइसोलेसनमा बस्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *