नेपालमा कोरोना सङ्क्रमित १ लाख  ६७६ जनामा पुष्टि

नेपालमा कोरोना भाइरसका  २  हजार ५९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्मा साे सङ्क्रमितसहित एक लाख  ६७६ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

हाल २७ हजार ५३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । साेही संख्यामा हाेम  र संस्थागत आइसाेलेसनमा बसेका छन् । क्वारेन्टिनमा चार हजार ७०३ छन् ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार ६८० जना कोरोना सङ्क्रमित निको भएर घर फर्केकाे बताएकाे छ । हालसम्म  ७३ हजार २३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

पछिल्लो चौबीस घण्टामा १० जनाकाे काेराेना भाइरसका कारणले मृत्यु भएकाे छ । याेसँगै नेपालमा कुल ६ सय जनाकाे मृत्यु भएकाे पत्रकार सम्मेलनमा जानकारी दिइएकाे छ ।

गाेरखापत्रबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *