बाँकेमा ८५ वर्षीया महिलाको कोरोनाका कारण मुत्यु

                                                                                  फाइल फोटो

बाँकेमा कोरोना संक्रमणका कारण थप एक जना बृद्ध महिलाको मृत्यु भएको छ । विहीबार राती उहाँको मृत्यु भए पनि शुक्रवार विहान कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरपालिका १ धम्बोझीका ८५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण विहिवार राती ९ बजे मृत्यु भएको थियो ।

सो कार्यालयले योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको जनाएको छ । बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले असोज २१ गते स्वास्थ्यमा समस्या देखिएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना गरिएकी ति बृद्ध महिलामा असोज २२ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।तर, रिपोर्ट मृत्यु भैसकेपछि शुक्रवार विहान मात्र पोजेटिभ आएको उहाँले बताउनुभयो ।

उहाँले ती महिलाको स्वास्थ्य अवस्था विग्रदै गएकोले उपचारमा विभिन्न विधि अपनाईए पनि अवस्थामा सुधार नआएपछि विहीबार राती मृत्यु भएको बताउनुभयो । मृतक महिलालाई श्वास प्रश्वासमा समस्या देखिएको पनि भेरी अस्पतालले जनाएको छ । अझै पनि बाँकेका विभिन्न अस्पतालमा २३ जना जति गम्भीर अवस्थाका संक्रमितहरुको उपचार भैरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *