नेपालमा थप ४३ सय ६४ जनामा संक्रमण पुष्टि

नेपालमा कोरोना भाइरसका चार हजार ३६४ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सो संख्यामा सङ्क्रमित थपिएका हुन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्मा सो सङ्क्रमितसहित ९८ हजार ६१७ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

हाल २६ हजार सात जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । सोही संख्यामा होम र संस्थागत आइसोलेसनमा बसेका छन् । क्वारेन्टिनमा चार हजार १६४ छन् । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा २ हजार ६७५ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको बताएको छ । हालसम्म ७१ हजार ३४३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *