बाँकेमा ३६ जना कोरोना मुक्त भइ घर फिर्ता

बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ७ सय ९ पुगेको छ । बुधबार बाँकेका थप ३६ जना संक्रमित डिस्चार्ज हुने भएपछिको हुनेको संख्या त्यति पुगेको हो ।

जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बुधबार बाँकेका ११ महिला र २५ पुरुष गरी ३६ जना संक्रमित कोरोना मुक्त भई डिस्चार्ज हुँदैछन । उनिहरुलाई असोज ७ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा राखिएको थियो ।

विभिन्न आइसोलेसन केन्द्रमा अन्य जिल्लाका १८ सहित ४ सय ७४ जना सक्रिय संक्रमित उपचाररत छन् । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या २ हजार १ सय ८६ रहेको छ भने २१ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *