प्रदेशको राजधानी र नामाकरणमा दीप प्रज्वलन


प्रदेश नं ५ को राजधानी देउखुरी उपत्यकता र लुम्बिनी प्रदेशको नामाकारण भएको उपलक्ष्यमा बाँके जिल्लाका विभिन्न स्थानमा दीप प्रज्वलन कार्यक्रम गरिएको छ ।
प्रदेशको नामाकरण र राजधानीको स्थानका सम्वन्धमा विधिसम्मत र प्रकृयासम्मत लुम्विनी प्रदेश र राप्ती उपत्यकाको देउखुरी क्षेत्रलाई राजधानी कायम भएपछि बाँकेमा दीप प्रज्वलन गरिएको छ । बाँके जिल्लाका विभिन्न गाउँपालिकामा यस प्रकारका कार्यक्रमहरु भएका छन् ।
कतिपयले संगठित रुपमा गरेका छन भने कतिले एकल रुपमा समेत दीप प्रज्वलन कार्यक्रम गरेका छन् । बाँकेको नेकपा कोहलपुर नगरकमिटी र बैजनाथ गाउँपालिका कमिटीको आयोजनामा दिप प्रज्वल कार्यक्रम गरिएको हो ।
कोहलपुरको दीप प्रज्वलन कार्यक्रमको अगुवाइ संविधान सभा सदस्य अशोक रोकाले गर्नु भएको थियो भने बैजनाथको कार्यक्रमको अगुवाई अर्का संविधान सभा सदस्य दलबहादुर सुनारले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *