नेपालमा १ हजार ५५१ जनामा कोरोना भाइरस सङ्क्रमित

 

नेपालमा कोरोना भाइरसका एक हजार ५५१ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ४७ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो २४ घण्टामा १ हजार ५५१ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित ९० हजार ८१४ पुगेको छ । हाल २२ हजार ७०९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा दुइ हजार ३४० जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ६७ हजार ५४२ सङ्क्रमित निको भएर घर फर्केका छन् । जुन कुल सङ्क्रमितको करिब ७३.३ प्रतिशत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *