प्रदेशको नाम लुम्बिनी दुइ तिहाइ मतले पारित भयो


प्रदेश नं. ५ को नाम लुम्बिनी प्रदेश सभाबाट दुई तिहाइ मतले पारित गरेको छ । प्रदेशको राजधानी देउखुरी उपत्यका र प्रदेशको नाम लुम्बिनीका पक्षमा मतदानबाट आज टुङ्गो लागेको हो ।

प्रदेशको नाम लुम्बिनीका पक्षमा ७९ मतदान भएको छ भने विपक्षमा ४  मत खसेको थियो । प्रदेश सरकारले स्थायी राजधानी र नामकरणका लागि प्रदेश सरकारले सभामा प्रस्ताव गरेको थियो । जम्मा मतदानमा ८३ जनाले सांसदले मतदान प्रक्रियामा भाग लिनु भएको थियो ।

यस अघि प्रदेश सभामा प्रदेशको राजधानी देउखुरी उपत्यकामा स्थापना गर्ने विषयमा भएको मतदानमा ६९ मत पक्षमा, विपक्षमा १३ मत र अनुपस्थित ५ जना रहनु भएको थियो । प्रदेश सभामा जम्मा ८७ जना सांसद रहेका छन । नेकपाका ६१ जना, नेपाली काँग्रेसका १९ जना, मधेशवादी दलका ६ जना र जनमोर्चाका १ जना सांसद रहनु भएको छ । दुइ तिहाइ मतका लागि ५८ मतको आवश्यकता पर्ने थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *