प्रदेशको राजधानी देउखुरी उपत्यका दुई तिहाइ मतले पारित भयो


प्रदेश नं. ५ को स्थायी राजधानी देउखुरी उपत्यकामा स्थापना गर्ने प्रदेश सभाको दुई तिहाइ मतले पारित गरेको छ । प्रदेशको राजधानी देउखुरी उपत्यकाका पक्षमा मतदानबाट आज टुङ्गो लागेको हो ।
स्थायी राजधानी देउखुरी उपत्यकाका पक्षमा ६९ मतदान भएको छ भने विपक्षमा १३ मत खसेको थियो । प्रदेश सरकारले स्थायी राजधानी र नामकरणका लागि प्रदेश सरकारले सभामा प्रस्ताव गरेको थियो ।
प्रदेश सभामा जम्मा ८७ जना सांसद रहेका छन । नेकपाका ६१ जना, नेपाली काँग्रेसका १९ जना, मधेशवादी दलका ६ जना र जनमोर्चाका १ जना सांसद रहनु भएको छ । दुइ तिहाइ मतका लागि ५८ मतको आवश्यकता पर्ने थियो । मतदान पकृयामा ८२ जना सांसदले भाग लिनु भएको थियो ।

आज बसेको प्रदेश सभामा मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश नं. ५ मिनी नेपाल भएको बताउनु भएको छ । उहाँले प्रदेश सभामा प्रदेशको नामकरण र स्थायी राजधानीका विषयमा सरकारको धारणा राख्दै सो कुरा बताउनु भएको हो ।
प्रदेश नं. ५ सरकारले प्रदेशको राजधानी देउखुरी उपत्यका र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव पेश गरेको छ । सो प्रस्ताव पारितका पक्षमा बोल्दै मुख्यमन्त्री पोखरेलले सो धारणा व्यक्त गर्नु भएको छ । प्रदेशको समग्र विकास गर्न सकियो भने नै नेपालको विकास हुने उहाँको धारणा छ ।

सिंगो नेपालको विकास हेर्नका लागि पनि प्रदेश नं. ५को विकास हुन आवश्यक छ । उहाँले साविक ३ आञ्चलिक भावनालाई सम्मान गर्दै प्रदेशको राजधानी प्रप्ताव गरिएको बताउनु भएको छ । प्रदेशका नागरिकको साझा मनोविज्ञान बताउनका लागि राजधानी र नामाकरण गरिएको उहाँको धारणा रहेको छ । उहाँले विपक्ष दलका नेतालाई सहमतिका लागि अनुरोध गर्दा आफुलाई म्यान्डेट नभएको जानकारी दिएको समेत बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *