प्रदेश नं. ५ मिनी नेपाल होः मुख्यमन्त्री पोखरेल

मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश नं. ५ मिनी नेपाल भएको बताउनु भएको छ । उहाँले प्रदेश सभामा प्रदेशको नामकरण र स्थायी राजधानीका विषयमा सरकारको धारणा राख्दै सो कुरा बताउनु भएको हो ।
प्रदेश नं. ५ सरकारले प्रदेशको राजधानी देउखुरी उपत्यका र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव पेश गरेको छ । सो प्रस्ताव पारितका पक्षमा बोल्दै मुख्यमन्त्री पोखरेलले सो धारणा व्यक्त गर्नु भएको छ । प्रदेशको समग्र विकास गर्न सकियो भने नै नेपालको विकास हुने उहाँको धारणा छ ।
सिंगो नेपालको विकास हेर्नका लागि पनि प्रदेश नं. ५को विकास हुन आवश्यक छ । उहाँले साविक ३ आञ्चलिक भावनालाई सम्मान गर्दै प्रदेशको राजधानी प्रप्ताव गरिएको बताउनु भएको छ । प्रदेशका नागरिकको साझा मनोविज्ञान बताउनका लागि राजधानी र नामाकरण गरिएको उहाँको धारणा रहेको छ । उहाँले विपक्ष दलका नेतालाई सहमतिका लागि अनुरोध गर्दा आफुलाई म्यान्डेट नभएको जानकारी दिएको समेत बताउनु भयो । सभामा मुख्यमन्त्री पोखरेलले आफना धारणा राखिरहनु भएको छ । आजै मतदान हुने र राजधानी र नामाकरण टुङ्गो लाग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *