प्रदेश सभामा तोडफोड र आक्रमण निन्दनीय छः सचेतक ढकाल

फाइल फोटो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं. ५ प्रदेश संसदीय दलले प्रदेश सभामा नेपाली कांग्रेसका तर्फका प्रदेश सभा सदस्यले गरेको रबैया निन्दनिय र खेदजनक भएको सचेतक भुमिश्वर ढकालले बताउनु भएको छ । सचेतक ढकालले प्रदेश सभा संचालन भएको समयमा संसदीय मान्यता विपरित सभाका सदस्यहरुले गैरसंसदीय व्यवहार प्रति आप्पती जनाउनु भएको छ ।
प्रदेश नं. ५ को स्थायी राजधारी र नामाकरणका विषयमा सभामा नेपाली काँग्रेसका दलका नेताले आफ्ना विचार व्यक्ति गरिसकेको अवस्थामा संसदीय मर्यादा विपरित भौतिक सामाग्रीको तोडफोड र सभामुखलाई लक्षित गरी आक्रमणले संसदीय मर्यादाको उपहास गरेको बिज्ञप्ती मार्फत जानकारी दिइएको छ ।
संबैधानिक ब्यबस्था अनुसार प्रदेशको नाम र राजधानी टुंगो लगाउने काम प्रदेश सभाको भएको र सोही बिषयमा आज छलफल भैरहदा प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेश सभासदहरुले कुर्सि तोडफोड गर्नु भएको थियो ।
सचेतक ढकालले यो कार्य निन्दनीय र संसदीय विधि, प्रक्रिया विपरित भएको बताउनु भएको छ । उहाँले यस प्रकारका घटना आगमी दिनमा नदोहर्याउन आग्रह गर्दै छाविन गरी कारवाहीको दायरामा ल्याउन अनुरोध समेत गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *