प्रदेश ५ को राजधानी र नामाकरण भोली टुङ्गिदै


प्रदेश नं ५ को स्थायी राजधानी र नामाकरणका विषयमा प्रदेश सभामा सांसदहरुले बोल्ने समय सम्पन्न भएको छ । आज बसेको प्रदेश सभा बैठकमा नेपाली कांग्रेसले बोल्न समय माग गरेपछि नेपाली कांग्रेस प्रदेश ५ का संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले बोल्न भयो । उहाँले बोल्ने बितिकै उहाँकै नेतृत्वमा नाराबाजी शुरू भएको र बैठक केही बेरका लागि स्थगित गरिएको थियो । केही समय स्थगित पछि सभाको दोस्रो सत्रमा आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीलाई सभामुखले प्रदेशको राजधानी तथा नामाकरणका विषय कार्यविधि अनुसार प्रस्ताव टेबुल गर्न अनुमति दिनु भएको थियो । मन्त्री केसीलाई प्रस्ताव टेबुल गर्न अपरोध गरेका थिए । नेपाली काँग्रेसका सांसदको विरोधका बावजुत प्रस्ताव टेबुल भएको थियो । प्रस्तावका ्विषय सांसदहरुले बोल्ने समय पनि आजै सिधएको छ ।

नेकपा बाँकेका अध्यक्ष एवम् प्रदेश सभा सदस्य सांसद आइपी खरेलका अनुसार अब भोली प्रदेश सरकारले सभामा पेश गरेको प्रस्तावमा मतदान हुने जानकारी दिनु भयो । यसैगरी नेकपा प्रदेश ५ संसदीय दलको बैठकले सरकारको प्रस्तावको पक्षमा मतदान गर्न नेकपाका सांसदहरुलाई ह्विप जारी गरेको छ । बिहान बसेको दलको बैठकमा मुख्यमन्त्री तथा संसदीय दलका नेता शंकर पोखरेलले सरकारले प्रदेश सभामा प्रस्तुत गरेको प्रस्तावका पक्षमा मतदान गर्न निर्देशन दिनुभएको प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिनुभयो ।

प्रदेश ५ मा कुल ८७ प्रदेश सभा सदस्यमध्ये नेकपाका मात्रै ६१ सांसद छन । सरकारको प्रस्ताव पारित हुन ५८ मत चाहिन्छ । स्रोतका अनुसार जनता समाजबादी ६ जना सांसद मध्ये ४ जनाले सरकारको प्रस्तावको पक्षमा मतदान गर्नुहुने भएको छ । यसैगरी नेपाली काँग्रेसका ६ जना सांसद सभामै उपस्थित नहुने जानकारी प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *