बाँकेमा कोरोना निको हुने १ हजार ६५० र संक्रमित २ हजार ५० छन


कोरोना संक्रमणबाट निको भई बाँकेमा सोमवार थप ४८ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा विभिन्न आइसोलेशनसहित अधिकाँश होम आइसोलेशनमा बसेका थिए । सोमवार २० महिला र २८ पुरुष डिस्चार्ज भएका हुन् ।
योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या १ हजार ६ सय ५० पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
हाल आइसोलेशनमा बाँकेका ३ सय ८० जना र अन्य जिल्लाका १५ गरी ३ सय ९५ जना रहेका छन् । बाँकेमा हालसम्म २ हजार ५० जनामा कोरोना पुष्टि भएको छ भने २१ जनाको मृत्युु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *