बाँकेमा कोरोना संक्रमणबाट निको भई ४८ जना घर फिर्ता

बाँकेमा आज कोरोना संक्रमणबाट निको भई ४८ जना डिस्चार्ज भएका छन् । सोमवार मात्रै जिल्लाका विभिन्न आएसोलेसनबाट थप ४८ जना संक्रमितहरु डिस्चार्ज भएर घर फर्किएको बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सोमवार संक्रमणमुक्त भएर घर फर्किनेहरुमा विभिन्न आइसोलेशनसहित अधिकांश होम आइसोलेशनमा बसेकाहरु छन् ।

कोरोना संक्रमणबाट डिस्चार्ज हुनेहरुमा २० महिला र २८ पुरुष गरेर ४८ जना रहेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार १४ दिन आइसोलेसनमा बस्दा कुनै लक्षण नदेखिएको र कुनै स्वास्थ्य समस्या नभएकोले उनीहरु सबैलाई स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार थप एकसाता घरमै बस्नुपर्ने जानकारी गराई घर पठाईएको बताउनुभयो ।

सोमवार घर फर्किएका ४८ जनासंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या १ हजार ६५०, २ हजार ५० जनामा कोरोना पुष्टि र २१ जनाको मृत्युु भइसकेको कार्यालयले जनाएको छ । योसंगै हाल पनि होम आइसोलेसन लगायत जिल्लाका विभिन्न आइसोलेशनमा बाँकेका ३८० जना र अन्य जिल्लाका १५ गरी ३९५ जना भर्ना रहेको सो कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *