नेकपा प्रदेश ५ संसदीय दलको बैठक जारी

प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी क्षेत्रमा बनाउन प्रदेश सभामा दर्ता भएको प्रस्तावबारेमा छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश संसदीय दलको बैठक बसिरहेको छ ।

बिहानदेखि शुरु भएको बैठक  संसदीय दलका नेता एवं मुख्यमन्त्री शंकर पोखरेलको निवास डिभिजन सडक कार्यालय परिसरमा बसिरहेको छ । शुक्रबार प्रदेश मन्त्री परिसद बैठकले स्थायी राजधानी भालवाङ केन्द्रित देउखुरी क्षेत्रमा बनाउने निर्णय गरेको थियो । संसदीय दलको बैठक उक्त निर्णयमा सहमति जुटाउन केन्द्रित रहेको सहभागि एक नेताले बताउनुभयो ।

प्रदेश ५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ६१, बिपक्षी नेपाली कांग्रेसका १९,मधेस केन्द्रित दलका ६,राष्ट्रिय जनमोर्चाका १ सहित ८७ जना सभासदहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *