काेराेना जितेर ४२ जना घर फर्किदै

बाँकेका विभिन्न आइसोलेसनबाट ४२ जना कोरोना संक्रमित कोरोना जितेर घर फर्किदै छन् । आज १९ जना महिला र २३ जना पुरुषहरुले कोरोनालाई जितेर घर फर्किन लागेका हुन ।

अहिले सम्म विभिन्न आइसोलेसनमा ४ सय जना संक्रमितहरु उपचाररत छन् । जम्मा १ हजार ९ सय ९३ जना संक्रमित मध्य १ हजा ५ सय ८४ जना डिस्चार्ज भएका छन् । कोरोना फोकल पर्शन नरेश  श्रेष्ठले जारी गरेको तालिका अनुसार हालसम्म १९ जनाको मृत्यु भएको छ ।

फोकल पर्शन श्रेष्ठका अनुसार बाँकेमा कोरोना संक्रमित निकोहुने दर ७९.४८ प्रतिशत रहेको छ । बिरामी मृत्युु दर ०.९५ प्रतिशत छ भने रोगको प्रकोप दर ०.३३ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *