हालसम्म ६० हजार ६९६ जना सङ्क्रमित निको भएर घर फर्के

नेपालमा कोरोना भाइरसका दुई हजार ७२२ थपिएका छन् । पछिल्लो २४ घण्टामा १४ हजार ७३९ वटा आरटी पीसीआर परीक्षणमा यो संख्यामा सङ्क्रमित थपिएका हुन् । योसँगै नेपालमा कुल आरटी पीसीआर परीक्षण दशलाख ४८ हजार ६८६ पुगेको छ ।

मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को क्रममा हाल नेपालमा २१ हजार २३४ जना सक्रिय सङ्क्रमित रहेको जनाएको छ । थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ८२ हजार ४५० पुगेको छ ।पछिल्लो २४ घण्टामा तीन हजार ३०७ जना कोरोनाभाइरस सङ्क्रमित निको भएर घर फर्केका छन् ।हालसम्म ६० हजार ६९६ जना सङ्क्रमित निको भएका छन् ।

योसँगै नेपालमा कोरोनाबाट संक्रमणमुक्त हुनेको संख्या ७३.६३ प्रतिशत पुगेको छ ।आइसोलेसनमा ८२ हजार ४५० र क्वारेन्टाइनमा चारहजार ८८५ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ११ जना सङ्क्रमितको निधन भएको छ । योसँगै नेपालमा अहिलेसम्म कोरोनाका कारणले मृत्यु हुनेको संख्या ५२० पुगेको छ । योसँगै मृत्युदर शून्य दशमलब ६३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *