भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमित चिकित्सकको निधन


कोरोना भाइसरका संक्रमित भेरी अस्पताल नेपालगन्जमा उपचाररत एक जना चिकित्सकको निधन भएको छ ।
भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद कुमार धितालले सामाजिक सञ्जाल फेसबुक मार्फत सो कुराको जानकारी दिनु भएको छ । उहाँले फेसबुकमा लेख्नु भएको छ ‘केही समय अगाडि भेरी अस्पतालमा उपचाररत बरिष्ठ डाक्टर को कोरोनाका कारण मृत्यु । हार्दिक श्रद्धाञ्जली’
नेपालमा कोरोना संक्रमणका कारण चिकित्सक निधन भएको यो पहिलो घटना हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *