आदर्शका शिक्षक विद्यार्थी र अभिभावकसँग घरमै गएर परामर्श गर्दै


बाँकेको खजुरा गाउँपालिकाको आदर्श माध्यामिक विद्यालयका शिक्षक आफ्ना विद्यार्थीको घर दैलोमा पुगेर मनोपरामर्श तथा अभिभावकसँग अन्तरक्रिया अभियाननै संचालन गरिरहेका छन् । लामो सययबीच विद्यार्थी र शिक्षकको अन्तर संवाद नभएको कारण घरदैलोमानै पुगेर परामर्श सुरु गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक राजेन्द्र सापकोटाका अनुसार कोभिड १९का कारण सिर्जना भएको बन्दाबन्दीमा विद्यार्थी र शिक्षकबीच संवाद नभएकोले विद्यार्थीको दैनिकी देखि शैक्षिक कार्यक्रम संचालन सम्मको संवादका लागि हरेक विद्यार्थीको घरदैलोमा गइरहेको जानकारी दिनु भयो । प्रधानाध्यापक सापकोटाले हामी हाम्रा कुरा भन्दा पनि अभिभावक र विद्यार्थीका कुरा सुन्ने र शैक्षिक गतिविधि कसरी संचालन गर्न सकिन्छ भन्ने परामर्श गरिरहेका छौं भन्नु हुन्छ ।
आदर्श माध्यामिक विद्यालयमा ६ सय विद्यार्थीले अध्ययन गर्दै आएका छन् । अभिभावकको अनुमतिले हामी बढीमा १५ जनालाई शिक्षणका लागि सरकारी मापदण्डका आधारमा अध्यापन गराउने योजना बनाएका छौं भन्नु हुन्छ प्रधानाध्यापक सापकोटा ।
विद्यालय संचालनका लागि धेरै अभिभावले प्रतिवद्धता पत्रमा हस्ताक्षर गरिसक्नु भएको छ । त्यसैले आइतबारबाट हरेक दिन बढीमा १ सय विद्यार्थाीलाई विद्यालयमा अध्यापन गर्ने वातावरण तयार पारिएको छ । प्रधानाध्यापक सापकोटाले सरकारी सुरक्षा मापदण्डका आधारमा विद्यालय संचालनको तयारी गरेको जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *