प्रदेश सरकार देखिने र भेटिने अवस्थामा छः मुख्यमन्त्री पोखरेल

फाइल फोटो

मुख्यमन्त्री शंकर पोखरेलले विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिसँगको भर्चुवल बैठक छोटो समयमा प्रदेश सरकार देखिने र भेटिने अवस्थामा आइपुगेको बताउनु भएको छ । उहाँले सामाजिक सुरक्षा, विपद व्यवस्थापन, पूर्वाधार निर्माण, नागरिकको घरदैलोमा खानेपानीको पहुँच बढाउन, स्वास्थ्य सेवा विस्तार, कृषिको व्यवसायिकरण र पर्यटन पूर्वाधार निर्माणमा सरकारको प्राथमिकता रहेको बताउनु भयो ।
मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारको योजना, कार्यक्रम र प्राथमिकतामा विकास साझेदारसँगको सहकार्य बढाउने उद्देश्यले आज आयोजित भर्चुवल बैठकमा विभिन्न १२ साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।


प्रदेशको आवधिक योजना कार्यान्वयनको पहिलो वर्ष सकारात्मक रहेको र कोभिड १९ ले सिजना गरेको अप्ठारो अवस्थामा पनि गत वर्ष प्रदेशले ७९ प्रतिशत पूँजीगत खर्च गर्न सफल भएको बताउनुभयो । उहाँले प्रदेशको आवधिक योजना अनुसार विकासलाई गति लिदै आर्थिक वृद्धिदर ९ दशमलव ५ पु¥याउने कार्य चुनौतीपूर्ण रहेको बताउनु भयो । यसकार्यका लागिस विकासलाई गति दिन विकास साझेदार संस्थाको भूमिका बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
साझेदार संस्थासँगको बैठकमा प्रदेश योजना आयोगका सदस्य विष्णु गौतमले प्रदेश सरकारको योजना, कार्यक्रम, संभावना र अवसरका बारेमा प्रस्तुती गर्नु भएको थियो । विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिले विकासमा प्रदेश सरकारको स्पष्ट दृष्टिकोण र योजना रहेको पाएको बताउँदै योजनालाई कार्यान्वयन गर्न उपलब्धीमूलक साझेदारी गर्नुपर्ने धारणा राख्नुभयो ।
बैठकमा विश्व बैंकका कन्ट्री म्यानेजर फारिस हडाडजरभस, आइएलओका निर्देशक रिचार्ड हवार्ड, डब्ल्युएचओका नेपाल प्रतिनिधि डा. जोएस भेण्डलर, नेपालका लागि स्वीजरल्याण्डका महामहिम राजदूत एलिजाबेथ क्यापलर, डिएफआइडीका नियोग प्रमुख लिसा होनान, एडिबीका प्रमुख अर्थशास्त्री शरद भण्डारी, युएनडिपीकि आवासिय प्रतिनिधि आएशानीई लबे लगायत सहभागी हुनुहुन्थ्यो ।
साझेदारी बैठकमा प्रदेश सरकारका प्रमुख सचिव तोयानारायण ज्ञवाली, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतम, योजना आयोगका सदस्यहरु र प्रदेश सरकारका मन्त्रालयका सचिवहरु सहभागीता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *