नेपालमा ५६ हजार ४२८ जना सङ्क्रमित निको भए

नेपालमा कोरोनाभाइरसका एक हजार ५५९ जना नयाँ सङ्क्रमित थपिएका छन् । मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को क्रममा हाल नेपालमा २० हजार ८९१ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।

थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ७७ हजार ८१७  पुगेको छ । पछिल्लो चौबीस घण्टामा एक हजार ५७ जना कोरोनाभाइरस सङ्क्रमित निको भएर घर फर्केका छन् ।

हालसम्म ५६ हजार४२८ जना सङ्क्रमित निको भएका छन् । पछिल्लो चौबीस घण्टामा सात जना सङ्क्रमितको निधन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *