बाँकेबाट ३४ जना कोरोना संक्रमित निको भइ डिस्चार्ज हुँदैछन । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार बुधबार बाँकेबाट १७ महिला र १७ पुरुष गरी ३४ जना संक्रमित कोरोना मुक्त भई डिस्चार्ज हुँदैछन । भदौ ३१ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा राखिएको थियो ।
बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ५ सय ४१ पुगेको छ । विभिन्न आइसोलेसन केन्द्रमा अन्य जिल्लाका ९ सहित ३ सय ४० जना सक्रिय संक्रमित उपचाररत छन् । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या १ हजार ८ सय ८७ रहेको छ भने १५ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।