प्रहरीले बाँकेमा ब्राउन सुगरसहित दुई जना पक्राउ

बाँके प्रहरीले  प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित मंगलबार नेपालगन्जबाट दुई जनालाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागू औषध नियन्त्रण व्यूरो नेपालगन्जको संयुक्त प्रहरी टोलीले  दिउँसो ४ बजे नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ बेलासपुरबाट लागू औषध ब्राउन सुगरसहित नेपालगन्ज – ४, बसपार्कका २३ बर्षिय मोहम्मद जुनेड हलुवाई र बर्दिया बढैयाताल गाउँपालिका – ३, का २७ बर्षिया सपना पुनलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीले पक्राउ पर्नेबाट प्लाष्टिकको ६ वटा पुडिया बनाई राखेको ४ ग्राम ५०० मिलिग्राम लागू औषध ब्राउन सुगर बरामद गरेको जनाएको छ । दुबै जनालाइ नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको बाँके प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *