नेपालमा हालसम्म १० लाख ९ हजार २९८ जनाको पीसीआर परीक्षण

नेपालमा सरकारले हालसम्म १० लाख ९ हजार २९८ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । सरकारले नागरिक स्वास्थ्यलाइ प्रमुख प्राथमिकता दिदै पीसीआर परीक्षणकाे दायर बढाउदै गरेकाे छ ।

नेपालमा कोरोनाभाइरसका एक हजार ५१३ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दश हजार ८९१ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को क्रममा हाल नेपालमा २० हजार ३९६ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ । थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ७६ हजार २५८ पुगेको छ । पछिल्लो चौबीस घण्टामा ७३१ जना कोरोनाभाइरस सङ्क्रमित निको भएर घर फर्केका छन् ।

हालसम्म ५५ हजार ३७१ जना सङ्क्रमित निको भएका छन् । पछिल्लो चौबीस घण्टामा दश जना सङ्क्रमितको निधन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *