कोहलपुर मेडिकल कलेज उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु

बाँकेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका वडा नंं. १० का ५३ वर्षीय पुरुष र नेपालगञ्जका ३९ वर्षीय पुरुषको मृत्यु भएको हो । नेपालगन्जका मृतक नेपालगन्ज मेडिकल कलेजका स्वास्थ्यकर्मी हुन भने कोहलपुरका मृतक शिक्षक हुन् ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले मेडिकल कलेजका कर्मचारीको मंगलबार बिहान ३ः३० बजे र कोहलपुरका पुरुषको बिहान ४ः१५ बजे मृत्यु भएको पुष्टि गरे । दुवैजनाको प्लाज्मा थेरापी र रेम्डिसिभिरबाट उपचार भइरहेको थियो । दुवैजना भेन्टिलेटरमा थिए ।

नेपालगन्ज ७ रानीतलाउ बस्दै आएका मेडिकल कलेजका कर्मचारीको घर दाङको घोराही हो । उनी लामो समयदेखि नेपालगन्जमा बस्दै आएका थिए । उनलाई गत भदौं ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उच्चरक्तचाँपको समस्या रहेका ति पुरुषको उपचारकै क्रममा १३ दिनपछि मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *