नेपालमा कोभिड–१९ सङ्क्रमित ७४ हजार ७४५ पुगे

नेपालमा कोभिड–१९ का एक हजार ३५१जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयले नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा १० हजार ८० वटा नमूना परीक्षण गरिएको बताइएकाे हो । थपिएका नयाँ सङ्क्रमितसँगै कुल सङ्क्रमित ७४ हजार ७४५ पुगेको छ ।

चौबीस घण्टामा ७४२ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । यससँगै निको भएकाको सङ्ख्या ५४ हजार ६४०  पुगेको छ । कोरोना सङ्क्रमणमुक्त हुने दर ७३.४४ प्रतिशत पुगेकाे छ । आइसोलेसनमा र सकृय सङ्क्रमित १९ हजार ६२४ पुगेको छ । क्वारेन्टिनमा छ हजार ३१० जना छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *