आज २९ जना कोरोनामुक्त भएर घर फिर्ता हुँदै


बाँकेबाट कोरोना संक्रमणमुक्त भई आज २९ जना डिस्चार्ज गरिने भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका अनुसार १० महिला र १९ पुरुष गरी २९ जना संक्रमित कोरोना मुक्त भई डिस्चार्ज हुँदैछन । कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा राखिएको थियो ।
योसँगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ४ सय ६३ पुगेको छ । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या १ हजार ८ सय २१ रहेको छ भने १३ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *