बाँके र बर्दियाका १० जनामा कोरोना संक्रमण पुष्टि

आईतबार बाँके र बर्दियाका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जद्धारा जारी गरीएको विवरण अनुसार बाँकेका ८ र बर्दियाका १० जनामा संक्रमण देखिएको हो ।

पछिललो २४ घण्टामा ३० जनाको स्वाव परिक्षण गरीएको अस्पतालले जनाएको छ । जसमध्ये नेपालगन्जका ५, खजुराका २, राप्तीसोनारीका १ र बर्दियाको बढैयाताल र मधुवनका १र१ गरी १० जनामा संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालले हालसम्म ४० हजार ६०५ जनाको कोरोना परिक्षण गरेकोमा २ हजार ३८३ जनामा संक्रमण देखिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *