खजुरा गाउँपालिका अध्यक्ष कक्षपतिसहित २३ डिस्चार्ज हुँदै

बाँकेबाट खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिसहित आइतबार २३ जना संक्रमित कोरोना मुक्त भइ डिस्चार्ज हुँदै भएका छन ।
स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार आइतबार बाँकेबाट खजुरा गाउँपालिकाका अध्यक्ष कक्षपति, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका एक डाक्टरसहित ११ महिला र १२ पुरुष गरी २३ जना संक्रमित कोरोना मुक्त भई डिस्चार्ज हुँदैछन । भदौ २८ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा राखिएको थियो ।
यो सङ्गै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ४ सय ३४ पुगेको छ । फोकल पर्सन श्रेष्ठका अनुसार विभिन्न आइसोलेसन केन्द्रमा ३ सय ५९ जना सक्रिय संक्रमित उपचाररत छन् । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या १ हजार ८ सय ५ रहेको छ भने १२ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *