बाँकेका थप १६ जनामा कोरोना पुष्टि

तारा एअरमा कार्यरत तीन कर्मचारीसहित शनिबार बाँकेका थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परिक्षणमा १३ जना र बागेश्वरी डाइग्नोष्टिकको प्रयोगशालामा गरिएको परिक्षणमा ३ गरी शनिबार बाँकेका थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

श्रेष्ठका अनुसार तारा एअर नेपालगन्जमा कार्यरत तीन कर्मचारीसहित ८ महिला र ८ पुरुष गरी खजुराका एक, कोहलपुरका दुई र नेपालगन्जका त्रेह जनामा कोरोना संक्रमण पुष्टि हो ।

यो सङ्गै जिल्लामा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार ७ सय ९० पुगेको छ । जसमध्ये, १२ जनाको मृत्यु भइसकेको छ भने, १ हजार ४ सय ११ जना संक्रमित कोरोना मुक्त भइसकेका छन । आज थपिएकासहित जिल्लामा ३ सय ६७ जना सक्रिय संक्रमित रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *