बर्दियाका कोरोना संक्रमित एक जनाको आज बाँकेमा निधन

गुगलबाट फाइल फोटो

बर्दिया जिल्ला गुलरिया नगरपालिका वडा नं. ७ निवासीको आज बाँके जिल्लामा निधन भएको छ । उहाँलाई कोरोना संक्रमण देखिएपछि बर्दिया अस्पतालबाट बाँकेको भेरी अपस्तालमा भर्ना गर्नु भन्दा पहिले नै उहाँको निधन भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले सार्वजनिक गरेको सूचना सो कुराको प्रकाशित गरिएको छ ।
निधन हुने व्यक्तिको उमेर ५२ वर्षको रहेको छ । उहाँ विगत २ बर्ष देखि नियमित रुपमा फोक्सोमा क्यान्सर भए पछि निरन्तर रुपमा औषधि खाइरहनु भएको थियो ।
उहाँको निधन २ बजेर २५ मिनेटमा भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । यही ७ गतेमा मात्रै उहामा कोरोन संक्रमित देखिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *