प्रदेश सरकारले धिताल र सिंहलाई पदकले सम्मान 

प्रदेश ५ सरकारले समाजमा महत्वपूर्ण योगदान दिएका व्यक्तिहरुलाई बिभिन्न पदकबाट विभूषित गरेको छ ।
संविधान दिवशको अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वलाई सम्मानित गर्ने निर्णय गरेको हो । यसरी सम्मानित हुनेमा अग्रज बामपन्थी नेता रोमहर्ष धिताल, अवधि भाषा साहित्यमा लामो समयदेखि सक्रिय श्यामानन्द सिंह लगायत रहेका छन् । धिताललाई मानवअधिकार र समाजसुधारमा उल्लेखिय काम गरेकोमा समाजसेवा श्री पदक र अवधि भाषा साहित्य मार्फत सांस्कृतिक पहिचानको संरक्षण एवं सम्बृद्धनको काम गरेकोमा सिंहलाई दङ्गीशरण बलिहाङ्ग पदकबाट सम्मान गर्ने निर्णय गरेको छ । धिताल पश्चिम क्षेत्रमा बामपन्थी आन्दोलनको सुरुवाती चरणबाटै सक्रिय नेता हुनु हुन्छ ।

समाजसेवा र बामपन्थी आन्दोलनमा उत्तिकै सक्रिय हुनुहुन्छ । बाँकेबाट सम्मानितहरुमा सरिता खनाल ( समाजश्री), सिद्धार्थ बिजनेश ग्रुप लगायत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *