बाँकेमा आज ६० जना कोरोना जितेर घरफिर्ता हुँदै


बाँकेमा कोरोना संक्रमणमुक्त भई शुक्रबार ६० जना घर फिर्ता हुने भएका छन् । बाँके जिल्लाका विभिन्न आइसोलेसन केन्द्रमा कोरोना संक्रमणको उपचार गरिरहेका ६० जना बाँकेबासी कोरोना मुक्त भई डिस्चार्ज हुन लागेका हुन ।

बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार १९ जना महिला र ४१ जना पुरुष सहित ६० जनालाई १४ दिनको एकान्तबास पछि आज डिस्चार्ज गर्न लागिएको उहाँले जानकारी दिनु भएको छ । आजसम्म बाँके जिल्लाका कुल संक्रमित १ हजार ५ सय ४६ छन् । संक्रमित मध्ये १ हजार १ सय ९२ जना कोरोना मुक्त भई घर फिर्ता भएका छन् ।

बाँकेमा अब विभिन्न आइसोलेसन केन्द्र स्वास्थ्य लाभ लिइरहेका ३ सय ४५ जना रहेका छन् । फोकल पर्सन श्रेष्ठका अनुसार ९ जनाको बाँके जिल्लामा कोरोना संक्रमितको निधन भएको छ । बाँके जिल्लामा कोरोना संक्रमितको निकोहुने दर ७७ दशमलब १० प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *