कोरोना संक्रमण निको हुने १ हजार १३२, संक्रमित १ हजार ५४६

 

बाँकेबाट १० महिला सहित ४४ जना कोरोना संक्रमित निको भइ डिस्चार्ज हुँदैछन ।स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बिहिबार डिस्चार्ज हुनेहरुमा जिल्लाका विभिन्न स्थानका १० महिला र ३४ पुरुष गरी ४४ जना रहेका छन । श्रेष्ठका अनुसार उनिहरुलाई भदौ १८ गते कोरोना संक्रमण देखिएपछि आइसोलेसनमा राखिएको थियो ।

बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार १ सय ३२ पुगेको छ । फोकल पर्सन श्रेष्ठका अनुसार विभिन्न आइसोलेसन केन्द्रमा अन्य जिल्लाका ३ जना समेत गरी ४ सय ९ जना संक्रमित उपचाररत छन् । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या १ हजार ५ सय ४६ रहेको छ भने भने ४ पुरुष र ४ महिला गरी ८ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *