प्रदेश ५ मा १ सय ७७ जनाका लागि रोजगारी


प्रदेश नं ५ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले १ सय ७७ जनाको कृषि प्राविधिकको जागिर खुलेको हो । मन्त्रालयले मन्त्रालय र स्थानीय तहमा सेवा गर्नका लागि अधिकृत र सहायकस्तरका प्राविधिक कर्मचारीको माग गरेको छ । यही २७ गते प्रकाशित सूचनामा १५ दिन भित्रका छनौट गरिने बताएको छ । प्रदेश ५ हरेक १०९ वटा स्थानीय तहमा एक जना कृषि प्राविधिक नियुक्ति गर्न लागिएको हो । अस्थायी दरवन्दी र रिक्त स्थानमा समेत थप ६८ जना कृषि कर्मचारी भर्ना गर्न लागिएको प्रदेश ५, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
कर्मचारीको छनोट अन्तर्वार्ताका माध्यमबाट गरिने छ । यसका लागि शैक्षिक प्रमाणपत्रलाई भने मुख्य आधार मानिने मन्त्रालयले जनाएको छ । शैक्षिक प्रमाणपत्रलाइ ५० प्रतिशत अंकभार दिएर प्रतिस्पर्धीको मूल्यांकन गरिने भएको छ । कोरोना महामारीको समयमा ईच्छुक ब्यक्तिलाई यो सुवर्ण अवसर समेत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *