बाँके ट्राफिकले मापसे गरी सवारी चलाउनेको फोटो सहित अभिलेख राख्ने

मेसिन हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ

मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकको अब तस्विर सहित रेकर्ड राखिने मेसिनबाट बाँके ट्राफिकले चेकजाँच गर्ने भएको छ । मादक पदार्थ परिक्षण जाँच गर्ने मेसिन (ब्रेथलाइजर) मार्फत चालकहरुको तस्विर सहितको रेकर्ड राख्ने भएको छ ।
जिल्ला बिपद व्यवस्थापन समिति बाँकेले मंगलबार जिल्ला प्रहरी कार्यालयमार्फत ट्राफिक प्रहरीलाई तीन थान अत्याधुनिक ब्रेथलाइजर मेसिन प्रदान गरेसँगै ट्राफिक प्रहरीले अब उक्त मेसिनमार्फत मादक पदार्थ सेवन गरी सडकमा सवारी चलाउने चालकलाई कारवाही गर्ने भएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जिल्ला बिपद व्यवस्थापन समितिको तर्फबाट तीन थान अत्याधुनिक ब्रेथलाइजर मेसिन जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानालाई हस्तान्तरण गर्नु भएको छ ।
प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले जिल्लामा मापसे चेकजाँच गर्ने अत्याधुनिक मेसिन हालसम्म नभएको अबस्थामा ट्राफिक प्रहरीलाई मादक पदार्थ सेवन (मापसे) चेकजाँच गर्न सहज होस भन्ने हेतुले उक्त मेसिन प्रदान गरिएको जानकारी गराउनु भयो ।
बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले अत्याधुनिक ब्रेथलाइजर मेसिनद्वारा मादक पदार्थ सेवन गरेको चालकको तस्वीर सहित सम्पुर्ण विवरण रेकर्ड हुने जानकारी दिनु भयो । चालकलाई प्लास्टिकको पाइपमार्फत उक्त मेसिनमा फुक्न लगाइ के कति मात्रामा मादक पदार्थ सेवन कति मात्रमा सेवन गरेको, तस्वीर, नाम, लाइसेन्स नम्बर सबै विवरण उक्त मेसिनमा रेकर्ड हुने बताउनु भयो ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले जिल्लामा हालसम्म यस्तो अत्याधुनिक मेसिन नभएको अबस्थामा ट्राफिक प्रहरीले अहिलेसम्म चालकको मुख सुँघेर मादक पदार्थ सेवन गरे नगरेको पत्ता लगाउने गरेको बताउनु भयो । यो मेसिन मार्फत सरल र सहज रुपमा बैज्ञानिक तरिकाले चेकजाँच गरिने जानकारी दिनु भयो ।
चालक पहिला पनि मादक पदार्थ सेवनमा कारवाहीमा कति पटक परेको छ भन्ने पनि रेकर्ड हुने छा । बाँके ट्राफिकले तत्काल यो मेसिन प्रयोगमा ल्याउने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *