हाम्रो भुमिकाले सरकारलाई सहयोग गरेको छः अध्यक्ष थापा


राष्ट्रसेवक कर्मचारीले सरकारको नीति, ऐन र नियमका आधारमा सहयोग गरिरहेको आधिकारिक ट्रेड युनियन बाँकेका अध्यक्ष कृष्ण थापाले बताउनु भएको छ । कर्मचारी तथा कर्मचारीको ट्रेड युनियन सरकारका सहयोगी भएको उहाँको धारणा छ । १७औँ निजामती सेवा दिवसका अवसरमा रहेडियो हातेमालोसँग कुराकानी गर्दै अध्यक्ष थापाले कोरोना संक्रमणका उच्चजोखिम रहेका कारण यस वर्ष कुनै पनि औपचारिक कार्यक्रम नगर्ने समेत जानकारी दिनु भयो ।
यस वर्ष निजामती सेवा दिवसको नारा ‘स्वच्छ र सक्षम निजामती प्रशासन ः समृद्धि र सुशासन’ले पनि स्वच्छ एवं सुशासनका पक्षमा जोड दिनुले निजामती सेवा त्यस दिशातर्फ उन्मुख हुनुपर्ने उहाँको धारणा रहेको छ ।
राज्यको तीनै तहका सरकारसँग निजामती कर्मचारीले कही कतै सानातिना विषयमा विमती रहेपनि जननिर्वाचित जनप्रतिनिधिसँगको सहकार्यमा जनताको सेवामा काम गरिरहेको बताउनु भएको छ । नयाँ राजनीतिक प्रणालीको स्थापनासँगै प्रशासनिक प्रणाली पनि परिवर्तन गरियो । सघीय निजामती सेवा ऐनका आधारमा प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐन ल्याउनुपर्नेमा ती कुनै कानुन नल्याई राज्यका तीनवटा तहमा कर्मचारी समायोजन हुनु संविधान कार्यान्वयन, सरकारको नीति निर्णयमा सहयोग गरेका बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *